कोरोना कहर: तेलको मूल्य १८ वर्ष यताकै सस्तो

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य १८ वर्ष यताकै सस्तो मुल्यमा पुगेको छ। कोरोना भाइरस (कोभिड १९) का कारण तेलको माग घटेपछि मूल्य सन् २००२ यताकै सस्तो भएको हो।सोमबार प्रति ब्यारेलको मूल्य घटेर २२.५८ डलरमा झरेको छ। यो सन् २००२ नोभेम्बर यताकै सस्तो हो ।

माग घट्नुका साथै साउदी अरेबिया र रसियाको मूल्य युद्धका कारण पनि तेलको मूल्यमा कमी आएको जानकारहरु बताउँछन्।
कोरोना महामारी संक्रमण रोक्न अधिकांश मुलुकहरुमा जारी लकडाउनका कारण अहिले तेलको माग घटेको हो।

बैंक अफ अमेरिकाका अनुुसार यो चौमासमा विश्वमा तेलको खपतमा प्रतिदिन १ करोड २० लाख ब्यारेलको गिरावट आउनेछ ।अर्थात खपतमा १२ प्रतिशतको गिरावट आउनेछ, जुुन गिरावट अहिलेसम्म उच्च गिरावट हुनेछ ।