रोकिएन मलेसियामा कोरोना संक्रमित: ४३ जनाको मृत्यु, २ हजार ७६६ जना संक्रमित

क्वालालम्पुर। मलेसियामा कोरोना भाइरस संक्रमित संख्या दिनानुदिन बढ्दै गईरहेको अवस्था छ। दिनकै २ सयको हाराहारीमा संक्रमित बढिरहेका छन्। मार्च १८ देखि ३१ सम्म मलेसिया सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ।

मलेसियामा सबैभन्दा बढी संक्रमित क्षेत्र भनेको राजधानी क्वालालम्पुर, जोहोर बाहरु, क्वान्तन, तेलुक इन्तान, र मलक्का, पेराक साथै अहिले अन्य स्टेटमा फाट्टफुट्ट रहेको छ।

यो समाचार तयार पार्दा सम्म मलेसियामा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म २ हजार ७६६ रहेको छ भने ५३७ जना निको भएर घर फर्किसकेका छन्। २ हजार १८६ जना अस्पतालमा उपचारार्थ छन्। अहिलेसम्म ४३ जनाको मृत्यु भैसकेको छ।

अधिकांश कोरोना भाइरस संक्रमित मलेसियाका लोकल मान्छेहरु रहेका छन्। अहिलेसम्म कुनै नेपालीमा यो असर देखिएको छैन।

मलेसियामा सरकारको मार्च १८ देखि ३१ सम्म १८ दिनको ‘लकडाउन’ घोषणाले जनजीवन प्रभावित बनेपनि देसी तथा विदेशी कामदार सबै मिलेर कोरोना भाइरसविरुद्ध लड्न सबैले नियमको पालना गरेर मलेसियालाई साथ् दिइरहेका छन्।

लकडाउन अवधिमा पनि कोरोना नियन्त्रण हुन नसक्ने सम्भावना देखिएपछि लकडाउनको समयावधि अप्रिल १४ तारिखसम्म लागू गरिएको छ। मलेसियामा लकडाउन अझै लम्बिने सम्भावना प्रवल देखिएको छ।