कोरोनाको उत्पत्तिस्थल वुहानमा मानिसको हिँडडुल सुरु, पसल खुले

एपी। चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको वुहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ। वुहान शहर कोरोना भाइरसको संक्रमण पछिलोपटक देखिएको क्षेत्र हो।

तीब्र रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण वुहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए। स्थानीय सरकारले हुपेइ प्रान्तको राजधानी वुहानसहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ।

कोरोना भाइरसको प्रभाव शुन्यमा झरेपछि वुहान आशिंक रुपमा खुला गरिएको जनाइएको छ। यतिबेला सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका देखिन्छन्। उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ।