पाटन अस्पतालमा मृत्यु भएका व्यक्तिको रिपोर्ट यस्तो आयो

काठमाडौं। पाटन अस्पतालमा सोमवार मृत्यु भएका बिरामीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोनाभाइरस (कोभिड १९)को आशंकामा ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएका धादिङको खनियाबास गाउँपालिकाका ३५ वर्षीय पुरुषको सोमवार मृत्यु भएको थियो ।

केही दिनअघि मात्र भारतबाट फर्किएका उनी उच्च ज्वरो लगायत लक्षण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

पाटन अस्पतालबाट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

‘कोरोना परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको छ,’ पाटन अस्पताल स्रोतले भन्यो ।