चीनमा रेल सेवा खुलेको केही समयमै एक रेल दुर्घटनाग्रस्त (भिडियो)

काठमाडौं। कोरोना भाइरसको उद्गमस्थल चीनमा हालैका दिनमा कोरोनाको प्रभाव घट्दै गएको छ। कोरोनाबाट संक्रमण हुने र मृत्यु हुने दरमा कमी आएसँगै चीनले आफ्ना मुख्य शहरहरुको रेल सेवाहरु आशिंक रुपमा खुला गरेको छ।

गत शनिबारदेखि लकडाउन गरिएको शहरहरु खुला भएका हुन्। यसबीचमा रेल सेवा संचालन सुरु भएको केही समय नबित्दै चीनमा एक रेल दुर्घटनामा परेको छ। सिन्ह्वाका अनुसार हुनान प्रान्तमा सोमबार रेल दुर्घटनामा परेको छ। लिकबाट तल खस्दा रेल दुर्घटनामा परेको हो।

योंगसिंग काउन्टीमा रेल दुर्घटनामा परेको बताइएको छ। दुर्घटनापछि रेलमा आगलागी भएको भिडियो सार्वजनिक भएको छ। मानिसको ज्यान गए नगएको विषयमा केही जानकारी प्राप्त भएको छैन।

भिडियो हेर्नुहोस: