भारतमा एकै दिन ७ जनाको निधन

भारत। पछिल्लो समय विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमणभारतमा फैलँदो क्रममा छ । आइतबारसम्म भारतमा यसको संक्रमणका कारण ३० जनाको ज्यान गइसकेको छ भने १ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

आइतबार मात्र भारतमा यसको संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ । पछिल्लो पटक मुम्बईमा एक ४० वर्षीया महिलाको मृत्यु भयो । उनी उच्च रक्तचापकी बिरामी थिइन् । बुलढाणामा एक ४५ वर्षीय एक व्यक्तिको कारोना संक्रमणकै कारण निधन भयो । उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको हो । आजै अहमदावादका एक ४५ वर्षीया पुरुष(मधुमेहका बिरामी)को निधन भएको छ ।

त्यसैगरी गुजरातमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जम्मु कश्मिरमा पनि एक ६२ वर्षीय वृद्धको आइतबारै ज्यान गएको छ । डाक्टरहरुले बताएअनुसार उनमा मिर्गौलासम्बन्धी समस्या थियो ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण बढी फैलिएको र मृत्यु हुने दर पनि बढिरहेको छ। हालसम्म महाराष्ट्रमा यसको संक्रमणबाट ८ जनाको ज्यान गइसकेको छ । तीमध्ये दुई जना मात्र ४५ वर्षभन्दा कम उमेरका छन् । बाँकी ६ जना ६२ वर्षको उमेरभन्दा बढी रहेका छन् ।

आइतबार मात्रै भारतभर कोरोना संक्रमणका कारण ७ जनाको ज्यान गएको छ ।