मन्त्री ज्यु, यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन

काठमाडौं । नेपाल सरकारले आइतबार चीनबाट ल्याएको औषधि तथा स्वास्थ्य सामग्री महंगो परेको व्यापारीहरुले बताएका छन् । मुलुकमा कोरोनाभाइरस संक्रमित देखापर्न थालेपछि चिकित्सकले लगाउने व्यक्तिगत सुरक्षा उपकरणसहित औषधि र स्वास्थ्य सामग्री लाउनु पर्ने दबाबमा परेको सरकारले रातारात टेन्डर आह्वान गरेर ल्याएको थियो ।

तर, यसरी ल्याउँदा महंगो परेको भन्दै चीनमा व्यापार गर्ने नविन बिकले आधा सस्तोमा स्वास्थ्य सामग्री उपलब्ध गराउने भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सम्बोधन गर्दै खुलापत्र लेखेका छन् । उनले लेखेको खुलापत्र जस्ताको तस्तैः

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल

म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु, म एनआरएनए को केन्द्रीय सदस्य पनि हु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन , त्यसैले केही कुराहरु लेख्दैछु,

देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ । कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड? गाउनमा मात्रै ११ करोड? मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यु?
नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु।

मेरो सम्पर्क नम्बर +86 18620758858 व्हाट्सअप, विच्याट
Email: Fivestargrouplimited@hotmail.com

कृपया कालोबजारी र यै हो मौक़ा भनेर मौक़ा छोप्नीहरुले सम्पर्क नगर्नुहोला।