लकडाउनको अवधि बढाउने अन्तिम तयारी, चिकित्सक तथा विज्ञहरुले दिए यस्तो सुझाव

काठमाडौं। सरकारले ‘लकडाउनको अवधि बढाउने अन्तिम तयारी गरेको छ। शनिबार पाँचौं संक्रमित भेटिएसँगै एक हप्ताको लागि घोषणा गरिएको लकडाउनको अवधि बढाउने तयारीमा सरकार लागेको हो।

गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई लकडाउनक समय अवधि बढ्न संकेत गर्दै तयारी गर्न निर्देशन समेत दिइसकेको स्रोतले जनाएको छ।

विश्वभर तीब्र गतिमा फैलिरहेको कोरोनाभाइरस रोकथाम र नियन्त्रणको लागि सरकराले चैत ११ गतेदेखि १८ गते बिहानसम्मलाई लकडाउनको घोषणा गरेको थियो । नयाँनयाँ संक्रमित भेटिनु र बाहिरबाट नेपाल भित्रिएका व्यक्तिहरुको अन्तिम रिपोर्ट आइनसकेकाले लकडाउनको अवघि बढाउन लागेको स्रोतले बतायो ।

यसैबीच चिकित्सक तथा विज्ञहरुले लकडाउनका अवघि २१ दिन पुरर्याउनु पर्ने सुझाव दिएका छन् । उनीहरुले कोरोना संक्रमित भेटिदै गएको र अन्तिम रिपोर्ट आइनसकेको अवस्थामा लकडाउन खोल्दा घातक हुने समेत चेतावनी दिएका छन् ।

भारत सरकारले २१ दिनको लागि लकडाउनको घोषणा गरिसकेको छ । लकडाउनको अवधिमा पनि सरकारले कडाइ गर्न नसक्दा मानिसहरुको चहलपहल कम भएको छैन।