बास्कोटापछि मन्त्री ढकाल पनि करोडौँको भष्टाचारकाण्डमा मुछिए

काठमाडौं। ओली नेतृत्व सरकारका मन्त्रीहरु एकपछि अर्को गरी भ्रष्टाचारमा मुछिएर बदनाम बन्न थालेका छन् । केही समय अघि ७० करोडको स्वीच प्रिण्टिङ मेसिन खरिद प्रकरणमा संलग्न तत्कालीन सञ्चारमन्त्री बास्कोटाको राजिनामाको घटना सेलाउन नपाउँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि करोडौँको भ्रष्टाचारमा मुछिएका छन् । नेपालमा ४ जना कोरोना भाइरस (कोविड १९) का बिरामी भेटिएपछि उपचारका लागि सरकारले किट्स, मास्क, पीपीई, ग्लोब जस्ता अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया अगाडी बढाएसँगै मन्त्री ढकालले करोडौँ तिगत भ्रष्टाचार गरेको खुलको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लायर्सहरुको बैठक राखेका थिए । त्यहाँ थुप्रै सप्लायर्स उपस्थित थिए । तर मन्त्री ढकालले हस्पिटेक इन्टरप्राइजेज र बायोमेड इन्टरनेशनलका सञ्चालक विशाल पण्डितले मात्र पीपीई, किड्स, मास्क जस्ता मेडिकल सामग्री ल्याउन सक्ने भन्दै अरुको कुरा नै नसुनेको बैठकमा सहभागी स्रोतले बताएको हाम्राकुरा अनलाईले जनाएको छ । यस बारेमा मन्त्री ढकालसँग जानकारी लिन पटक पटक फोन गर्दा मन्त्री ढकालले फोन नउठाएको सो अनलाईनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले करिब १ अर्ब ५० करोड रुपैयाँमा पीपीई, किड्स लगायतका मेडिकल सामग्री खरिद गर्दैछ। यसमा विशाल पण्डितले आफ्नो संस्थाबाट खरिद गर्दा विवादमा पर्ने भएपछि अन्य ब्यापारीको फर्मबाट सप्लाई गर्ने तयारी गरे अन्तर्गत ओम्नी छानिएको स्रोतको दावी छ । पण्डितका कम्पनीहरु यसअघीका उपकरण खरिदमा अनियमितता र विवादमा तानिएर अख्तियारमा समेत उजुरी परेकाले उनले ओम्नीटेकलाई अघी सारेको मन्त्रालय स्रोतको दावी छ। सबै मेडिकल सामानको ठेक्का पण्डितकै योजनामा मन्त्री ढकालले दिलाएको हुन् । स्वास्थ्य मन्त्रालय स्रोत भन्छ, ५ हजार रुपैयाँमा खुद्रा किन्न पाइने पीपीईलाई पण्डितले १५ हजार रुपैयाँ दररेट राखेका छन्। यसमा करोडौं रुपैयाँको चलखेल भएको बताइन्छ।

समय छोटो भएकाले बोलपत्र गर्न नसके पनि सप्लायर्सहरुबीच कोटेसन माग्दा मन्त्रालले एक सेट पीपीई ५ हजार रुपैयाँभन्दा कम मूल्यमा दिन तयार धेरै रहेका थिए । थोकमा धेरै लिंदा बढीमा ४ हजारमा पीपीई पाइन्छ । त्यसमा पनि पर्याप्त मुनाफा छ । तर कोटेसन नै नमागी सिधै एक सेटको १५ हजार रुपैयाँमा पण्डितको योजना अनुसार खरिद गर्न लागिएको छ। मन्त्री ढकालले लामो समयसम्म सक्रियता नदेखाई अन्तिम घडीमा हतार हतार आफू निकटलाई मेडिकल सामग्री ल्याउने ठेक्का दिने निर्णय गराई घोटाला गर्न लागेको मन्त्रालय स्रोत बताउँछ।

कोरोना संक्रमण रोक्न फाष्टट्रयाकमा खरिद गर्नु आवश्यक छ, तर सप्लायर्सहरुबाट कोटेसन लिएर सबैभन्दा सस्तो किन्नुपथ्र्यो। तर अपारदर्शी रुपमा ४ हजारमा पाइने सामान १५ हजारमा खरिद गर्न लागिएको मन्त्रालय स्रोतको दाबी छ । १ हजार ५ सय पर्ने थर्ममिटर गनलाई ७ हजारमा मन्त्रालयले खरिद गर्न लागेको छ भने १ रुपैयाँ ४० पैसा पर्ने सामान्य मास्कलाई १० रुपैयाँका दरले खरिद गर्न लागिएको मन्त्रालय स्रोत बताउँछ। सामानमा पनि तेब्बर बढी रेट राखी सप्लाई गर्ने गरी पण्डितले सेटिङ मिलाएका छन्। कोरोना महामारी पण्डित सहितका केहि व्यक्तिका लागि करोडौं मुनाफा गर्ने मौका बनेको छ । यसमा मन्त्रालयदेखि माथिसम्म २० करोड भन्दा बढीको चलखेल भएको मन्त्रालय स्रोत बताउँछ ।