बेल्जियमबाट काठमाडौँ आएकी महिला कोरोना संक्रमित, संक्रमितको संख्या ५ पुग्यो

काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ संक्रमित फेला परेको जनाएको छ । शनिवार नियमित प्रेस ब्रिफिङ गर्दै स्वास्थ्य मन्त्रालयले कोभिड १९ को संक्रमित फेला परेको बताएको हो ।

कोरोनाबाट संक्रमित महिला १७ मार्चमा बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी थिइन् । कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५२ मा आएकी १९ वर्षीय महिलामा कोरोना पोजिटिभ फेला परेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्विटर कास देवकोटाले कोरोनाको पछिल्लो संक्रमण उपत्याकाबाहिर देखिएको बताएका हुन् ।

यसअघि शुक्रवार धनगढीस्थित सेती प्रदेश अस्पतालमा भर्ना भएका एक युवालाई कोरोना संक्रमण देखिएको थियो भने ४ दिनअघि युएईबाट आएका धादिङका अर्का युवामा पनि संक्रमण देखिएको थियो ।

त्यो भन्दा अघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा संक्रमण देखिएको थियो । नेपालमा कोरोना संक्रमण देखिएका पहिला युवा भने चीनको वुहानबाट आएका थिए । उनलाई जनवरीको तेस्रो साता परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । उनी अहिले निको भइसकेका छन्।

फाइल फोटो