स्पेनमा चार नेपालीमा कोरोना संक्रमण

काठमाडौं। स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण भेटिएको छ। क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भईरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलियामा बस्दै आएका एक जना नेपालीको सान्पाओ अस्पतालमा उपाचार भईरहेको छ। अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन्। उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको बिबरण भने गोप्य राखिएको छ। स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन्। तीन जनाको अवस्था सामान्य रहेपनि एक जनाको आईसीयूमा राखेर उपचार भईरहेको छ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताईन्। राजदूत शेर्पाले भनिन्, “बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुमा कोभिड–१९ संक्रमण भेटिएको सूचना आएको छ। संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको छ।”