अमेरीकाको युद्धपोत थियोडोर रुजबेल्टमा पस्यो कोरोना, ५ हजार जलसेनालाई क्वारेन्टाईनमा

एजेन्सी। अमेरीकी विमान बाहक युद्धपोत समेत कोरोनाले ग्रसित भएको अमेरीकी समाचार संस्थाहरुले जनाएका छन् ।
यस युद्धपोतका क्रु मेम्बर मध्य तीन जनामा कोरोना लागेको बिहीबार पुष्टी भएको थियो । थप २५ जनामा आज पोजेटिभ देखिएको बताईएको छ । तर नेभी अधिकारीहरुले यसबारे एकी न नगरेको सिएनएनले जनाएको छ । यसमा कम्तीमा ५ हजार सैनिक कार्यरत छन् । अरुमा पनि संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

अब सबै सेनालाई क्वारेन्टाईनमा राखिने जनाईएको छ । अब यो युद्धपोतलाई ड्युटीमा परिचालन गर्न नसकिने र मेन्टीनेन्सका लागि राखिने जनाईएको छ । त्यसका अन्य क्रु मेम्बरहरुलाई पनि कोरोना संक्रमणको आशंका गरिएको छ । यसलाई गुआम टापुमा तानेर पुर्याईदै छ ।

अमेरीकी नेभी सेक्रेटरी थोमस मोडलीले थियोडोर रुजबेल्टका सबै क्रु मेम्बरहरुको परीक्षण गर्ने तयारी भएको बताए । यो सगँै एशिया तथा प्रशान्त महासागर क्षेत्रको आफ्नो सैन्य मिसन तत्कालका लागि स्थगित गरेको जनाईएको छ ।
चीन र उत्तरकोरीयाले यो जहाज खराब भएको हेर्नेछन् भनेर अधिकारीहरुले बताएका छन् ।

उत्तरकोरीयामाथिको आकमण वा चीनसगँको सभावित सैन्य संघर्षका लागि शक्तिशाली मानिएको रुजबेल्ट युद्धपोतलाई संक्रमणमुक्त गर्न लामो समय लाग्ने अनुमान गरिएको छ ।

भूतपूर्व राष्ट्रपति थियोडोर रुवबेल्टको नाममा बनेको यो युद्धपोतमा संयौ लडाकु मिान उडान, अवतरण र पार्किग गर्न सकिने छ । अमेरीकी नेभीको मुख्य शक्तिको आधार यसलाई मानिदै आएको छ ।