भारतमा कोरोनाको कहर: एकैदिनमा ८ को मृत्यु, मृतकको संख्या २० पुग्यो, ७३३ को उपचार हुँदै

नयाँ दिल्ली। भारतमा कोरोना (कोभिड -१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ।

बिहीबार एकै दिन भारतमा कोरोना संक्रमणबाट आठ जनाले ज्यान गुमाएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतका विभिन्न अस्पतालमा कोरोना संक्रमित ७ सय ३३ जनाको उपचार भइरहेको छ।

अहिलेसम्म उपचारपछि ६६ जना निको भएर घर फर्किएका छन्।