प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं। स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

मुटुको चाल बढेपछि ओलीलाई बिहीवार राती त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्यसिंह शाहले मुटुको चाल केही बढेको देखिएपछि अस्पताल लगिएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छिन् ।

स्वास्थ्य अवस्था सामान्य बनकोले शुक्रवार नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पताल स्रोतले जनायो । फागुन २१ गते प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।