९६ वर्षीया वृद्धाले जितिन् कोरोनाभाइरसलाई

एजेन्सी। दक्षिण कोरियामा ९६ वर्षीया एक वृद्धा कोरोनाभाइरसबाट पूर्ण रूपमा निको भएकी छन् ।

ह्वाङ नाम गरेकी ती महिला बुधवार पूर्णतया निको भएको घोषणा चिओङ्दो काउन्टीले गरेको छ ।

चिओङ्दो काउन्टी दक्षिणतिरको शहर दाएगु नजिक छ । दाएगुमा कोरोनाका थुप्रै केसहरू देखिएका छन् ।

ह्वाङलाई मार्च १३ मा कोरोनाभाइरस लागेको थियो र उनलाई पोहाङ सार्वजनिक क्लिनिकमा सघन उपचार गरिएको थियो ।

अहिले उनी घरमै छोरासँग सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छन् ।