कोरोना संक्रमण देखिएका युवक काभ्रेका, कतारबाट आएर होटलमा बसेका थिए

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) बाट सं क्र मि त व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको खुलेको छ । उनी कतारवाट आएपछि एक दिन होटलमा समेत बसेको पाइएको छ । काभ्रेका ३२ वर्षका युवा कतारवाट आएपछि काठमाडौं स्थित होटलमा एक दिन बसेका हुन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेससिट गर्दै सं क्र मि त व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् ।

उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर स्वास्थ्य जाँच गराएका थिए । त्यहा संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्टमा कोरोना लागेको देखिएको हो ।

यससँगै नेपालमा कोरोना सं क्र मि तको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना सं क्रम ण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि सं क्र म ण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

तर बुधबार तेस्रो सं क्र मि त भेटिएका छन् । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले पनि कोरोनाको तेस्रो सं क्र मि त भेटिएको पुष्टि गरेका छन् ।

अहिले मन्त्रालयमा बैठक बसिरहेको उनले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना भएको बताइएको छ। कोरोना सं क्र मि त देखिएका तेस्रो ब्यक्तिका बारेमा अहिले केही खुलाइएको छैन । उनी विदेशवाट आएका हुन् वा नेपालमै उनमा रोग देखिएको हो भन्ने पनि खुलाइएको छैन ।