रसियामा ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पको धक्का

काठमाडौं। रसियामा ७ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको छ। रुसी भौगर्भिक सेवाका अनुसार भूकम्प मंगलबार बिहान १ बजेर ४९ मिनेटमा गएकाे हाे। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन।

भूकम्पकाे केन्द्रबिन्दु रूसको कुरील टापुको सेभेरोको २१ किलोमिटर दक्षिणपूर्व रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले जनाएकाे छ। यो क्षेत्र भूकम्पीय जोखिममा रहेको मानिन्छ।