कोरोना विषेश अस्पतालमा रिफर गरिएका एक युवककाे उपचारका क्रममा मृत्यु

चितवन ११, चैत । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० वर्षीय युवकको उपचारकाे कर्ममा मंगलबार बिहान ७ बजे मृत्यु भएको काेराेना स्थाई अस्पतालकाे प्रवक्ता भाेजराज अधिकारीले जानकारी दिनुभयाे ।

अधिकारीका अनुसार उक्त बिरामी बिगत एक वर्ष देखि किड्नीकाे बिरामी थिए पछिल्लाे समय उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए । अहिले उनको शव अस्पतालमै राखिएको छ ।

कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्युको कारण खुल्न सकेको छैन । उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । तर कोरोना संक्रमण भए-नभएको भने रिपोर्ट आउन बाँकी छ ।

उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।