सबै नेपालीसंग हात जोड्दै महानायक राजेश हमालले दिए यस्तो सन्देश

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट बच्न एक मात्र विकल्प ‘सावधानी’ भन्दै महानायक राजेश हमालले सबैलाई सावधानी अपनाउन आह्वान गरेका छन् । हमालले सामाजिक सञ्जालमार्फत सबैलाई सचेत रहन र वातावरणको संरक्षण गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

‘म आफैले पनि आफ्नो दैनिकीमा परिवर्तन ल्याएको छ, घरमै बसिरहेको छु, धेरै भीड हुने कार्यक्रममा गइरहेको छैन,’ हमाल भन्छन् । यसअघि पनि भाइरलका कारण कैयन् नेपालीले ज्या’न गु’माएको तर यस्तो डरलाग्दो अवस्था नआएको हमाल बताउँछन् । भन्छन्, ‘धेरै भेला हुने सबै कार्यक्रम रद्द गरेर घरमा बसिरहेको छु । हामी सबैले यही नै गर्नुपर्छ ।’