कोरोना संक्रमित नेपाली भन्छिन्‌ : निको हुने छाँटकाँटै छैन, सबैजना सावधान रहनुस्‌ !

काठमाडौं। बेलायतमा रहेकी कोरोना संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन्‌।

लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको, तर छिट्टै निको हुने सम्भावना नदेखिएको भन्दै सावधान रहन आग्रह गरेकी हुन्‌।

संक्रमणको पीडादायी अनुभव इन्टरनेट सामाजिक सञ्‍जाल फेसबुकमा राख्ने आफ्नो सोच नभएको, तर आफन्त र साथीभाईलाई संक्रमणले थप भयावह बनाउन सक्ने डरले सावधानी अपनाउन आग्रह गरेकी छिन्‌।

फेसबुकमा उनले लेखेकी छिन्‌, ‘१० दिनको सेल्फ़ आइसोलेसन पछि COVID 19 सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’

रानाभाटको फेसबुक स्टाटस :