कोरोनासँग लड्न गुलियो पेय पदार्थ नखान, संगीत सुन्न, नाच्न, गेम खेल्न डब्लुएचओको सुझाव

काठमाडौं। विश्वभर त्रास फैलाइरहेको कोरानो भाइरस (कोभिड (१९)को उपचारमा कुनै भ्याक्सिन नबनिसकेको अवस्थामा यो भाइरस रोकथाम गर्नु या लाग्न नदिनु नै उत्तम हुन्छ । यसलाई कसरी रोकथाम गर्ने भन्ने सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही सुझाव दिएको छ ।

डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले भनेका ५ उपाय यस्ता छन् ।

१. स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसंग कार्य गर्न सहयोग गर्दछ ।

२. मदिराजन्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् ।

३. धूमपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरस ( कोभिड१९)बाट संक्रमित हुनु भयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४. शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् । यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दूरी राख्नुहोस । यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् ।

घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५. तपाँईको मा’नसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला त’नाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । संगीत सुन्नुहोस, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् ।