भावुक हुँदै प्रचण्डले भने: “मैले धेरै माया गर्ने मान्छे हो विप्लव”

काठमाडौ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले नेत्र विक्रम चन्द “विप्लव” लाई वार्ता र संवादबाट शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा अध्यक्ष प्रचण्डले आफूसँग नजिक बसेको साथी भएको नाताले संवादबाट समस्याको समाधान गर्न सुझाव दिएका हुन् ।

विप्लव समूहले पछिल्लो समय हिँमसात्मक क्रियाकलापलाई जोड दिईरहेको बेला समस्याको समधान के हुन्छ भन्ने कार्यक्रम संचालक धमलाको प्रश्नमा प्रचण्डले भने,”सबैभन्दा राम्रो, राजनीतिक वार्ता र संवादबाट समस्याको हल गर्नु बाहेक उत्तम केहिपनि छैन, मैले आफूसँग नजिक बसेको र मैले धेरै माया गर्ने मन्छे भित्रपनि हो विप्लव, त्यस नाताले मैले भन्दा तपाई जुन बाटो जान खोजिरहनु भएको छ यो सफल हुँदैन ,परिस्थित त्यो छैन , यो ५२ साल होइन ७६ साल हो ,धेरै परिवर्तन भइसक्यो ,तपाईहामी मिलेर ल्याएको परिवर्तन हो यो , यसको रक्षा गर्नु बाहेक उचित केहिपनि छैन” ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग विप्लवलाई वार्तामा ल्याउनुपर्नेमा जोड दिएको बताउदै अहिलै वार्ताको सम्भावना नसकिएको बताए ।