कुवेतमा मार्च २२ तारिकबाट कर्फ्यु, तोडे तीन बर्ष जेल र दश हजार केडी जरिवाना हुने

कुवेत। विश्व अहिले कोरोना भाईरस महामारीको चपेटामा छ । कुवेत पनि यो महामारीको समस्याबाट अछुतो रहन सकेन । कुवेत सरकारले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म दैनिक ११ घन्टा कर्फ्यू लगाउने भएको छ। साथै कर्फ्यू उल्लंघन गरेमा ३ बर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना गरिने जनाइएको छ।

कुवेत सरकारले यस अघि कुवेतलाई लकडाउन गरेका थिए । कुवेत सरकारले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि आज मार्च २२ तारिकबाट कर्फ्यु लगाएर कडा कदम चालेको छ । कुवेत टाइम्सले प्रकाशित गरे समाचारमा कर्फ्यु कहिले सम्मको लागि जनाएको छैन । कुवेत सरकारले २६ तारिकसम्म कायम गरिएको सार्वजनिक बिदालाई अझै २ हप्ता थप गरिएको छ ।