तिब्बतमा एकाबिहानै ६.२ रेक्टरको शक्तिशाली भूकम्प

काठमाडौं। चीनको तिब्बत क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज (शुक्रबार) बिहान गएको भूकम्पको महसुस नेपालमा पनि गरिएको छ।

चीनको लप्चे भन्ने ठाउँ केन्द्रविन्दु भएर बिहान सात बजेर १८ मिनेट जाँदा ६ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौँले जनाएको छ।

भूकम्पको धक्का काठमाडाैँ उपत्यकासँगै पूर्वी पहाडको ताप्जेजुङ, सोलुखुम्बु लगायतका हिमाली र पहाडी जिल्लामा पनि महशुस गरिएको छ।

भूकम्पले क्षति भए नभएको विवरण आइसकेको छैन।