ब म गोला हानेपनि म झुक्दिन, अडियो नै गलत हो: पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं । सेक्युरिटी प्रिटिङ्ग प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो बाहिरिएसँगै मन्त्रीपदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले आफुँ ब म हानेपनि नझुक्ने बताएका छन् । आफ्नो निर्माणाधिन घरमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ब म हानेको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले ब म हानेपनि आफुँ झुठसँग नझुक्ने बताएका हुन् ।

सत्तारुढ नेकपाका केन्द्रिय सदस्यसमेत रहेका उनले सामाजिक सञ्जाल ट्विटरमार्फत ‘आफ्नो जीवनको संकल्प सत्यसँग नलड्ने र झुठसँग नझुक्ने’ रहेको बताएका छन । ‘सत्यसँग नलड्ने झुठसँग नझुक्ने ब म गोला जे हाने पनि मेरो जीवनको सङकल्प यति हो ।’

भक्तपुर लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधिन घरमा गत फागुन २८ मा विप्लव नेतृत्वको नेकपाले ब म वि स्फोट गराएको थियो ।

बाँस्कोटाले यसअघि सार्वजनिक भएको अडियो गलत भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । उनले अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका प्रतिनिधि विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा हालेका छन् ।

तर संघीय संसदअन्तर्गतको लेखा समितिले भने बाँस्कोटाको अडियो प्रकरणलाई गम्भिरताका साथ लिँदै अनुसन्धान गर्न आवश्यक रहेको ठहर गरेको छ । गत शुक्रबार लेखा समितिको बैठकले अडियो प्रकरणलाई गम्भिरतापूर्वक लिँदै आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन अख्यितयारलाई पत्र काटेको छ । लेखा समितिले बाँस्कोटा सहभागि रहेका जीटुजी प्रक्रियामार्फत अघि बढाइएका सबै खरिद प्रक्रिया रोकी सुक्ष्म अनुसन्धान गर्न माग गरेको छ ।