जब भावुक हुँदै आँचलले यस्तो भनिन्

काठमाडौं। नायीका आँचल शर्माले यसै साता विवाह गरेकी छन् । उनले चितवनका डाक्टर उदिप श्रेष्ठसंग विवाह गरेकी हुन् । चलचित्र नाइ न भन्नु ल ४ वाट फिल्म क्षेत्रमा प्रवेश गरेकी आँचलले छोटो समयमा नै दर्शकको मन जितेकी छन् । उनले विवाह पछि आफ्नो फिल्मी करियरलाई अगाडी लैजान्छिन् की लैजान्नन् त्यो भने अहिले बताएकी छैनन् ।

विवाह लगत्तै उनले आफ्ना केही तस्विर सार्वजनिक गर्दै भावुक स्टाटस लेखेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा उनले तस्विर सार्वजनिक गर्दै स्टाटस लेखेकी हुन् । मध्यरातमा लेखिएको स्टाटसमा भावुक शब्द छन् । उनले विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गर्दै मध्यरातमा उनले भनेकी छिन, ‘कथामा हरेक केटिले देख्ने सपना हो, आफ्नो राजकुमार सङ्ग यसरिनै आफ्नो जिबनकालमा समय बिताउन पाओस जुन म बिपना मै भोगिरहेछु, उनले विशेष बनाउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन्।

उनीहरुको शनिवार भव्यताका रिसेप्सन पार्टी सकिएको छ । रिसेप्सनमा आउँदा उदिप र आँचल भव्यताका साथ हेलिकप्टर चढेर आएका थिए । आँचलले पनि निकै महंगो लेहेंगा र गहना लगाएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको छ । उदिप श्रेष्ठले आँचललाई हेलिकप्टरमा चढाएर आएको चर्चा पनि अहिेले सामाजिक सञ्जालमा भएको छ ।

हायत रेजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदिप श्रेष्ठले आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएका थिए । हेलिकप्टरबाट आँचलको हात समाउदै जब उदिप झरे, सबै एकछिन चकित नै भएका थिए । उदिपको हात समाउदै हिड्दै गर्दा आँचल शर्माको अनुहारमा खुशी झल्किएको थियो । रिसेप्सन पार्टी चलिरहँदा उनीहरुले केही मिडियामा अन्तरवार्ता पनि दिन भ्याएका छन् ।

रिसेप्सन पार्टीमा मिडियाकर्मीसंग अन्तरक्रिया गर्दै आँचल र उदिपले एकअर्काको बानीले गर्दा प्रेम सम्बन्धमा बाधिएको बाताएका छन् । उदिप श्रेष्ठले आँचल शर्मा पाउँदा एकदम खुशी भएको उल्लेख गरेका छन् । विवाह पश्चात आँचल शर्मा रोएको देख्दा उदिप समेत भावुक भएर डराएको कुरा आँचल शर्माले सुनाएकी छिन् । आँचललाई उदिप श्रेष्ठको माया गर्ने बानीले गर्दा विवाह गर्न कस्सिएको बताएकी छिन् ।

उदिप श्रेष्ठले आँचल शर्माको फिल्म प्रेम सम्बन्धमा पर्नु अघि नहेरेको बताएका छन् । आँचलले विवाह पश्चात आफुलाई गाह्रो नपरेको बताएकी छिन् । नेवार समुदायमा विवाह गरेको हुँदा कुनै स म स्या नपरेको तर व्यस्तता भएको चाही बताएकी छिन् । विवाह पश्चात नयाँ घर पुगेर आफु विहानै ४ बजे नै उठेको बताएकी छिन् । दुई परिवारको संस्कार फरक भएका कारण केहि गा ह्रो भएको तर परिवारले साथ सहयोग गरेकाले सहज भएको आँचलले प्रष्टाएकी छिन् ।

आँचल र उदिपले प्रेम सम्बन्धमा रहेको केहि समय पश्चात विवाह बन्धनमा बाधिएका हुन् । आँचलका पति उदिप पेसाले मेडिकल डाक्टर हुन् । केहि दिन अघि पारिवारिक माहोल बीच आंचलको विवाह सम्पन्न भएको थियो । बुढानिलकण्ठ स्थित पार्क भिलेजमा विवाह सम्पन्न भएको थियो । आँचल शर्माले चलचित्र छेत्रका निकट साथीलाई मात्र विवाहमा निम्त्याएकी थिइन् भने मिडियालाई भिडियो फोटो लिन अनुमति दिएकी थिइनन् । शनिवार भने भव्य रिसेप्सन पार्टी आयोजना गरेकी हुन्