२९ वर्ष भन्दा पहिलेको सस्तो मुल्यमा पेट्रोलियम पदार्थ, नेपालमा पाउनै मुस्किल

काठमाडौं । रसिया र साउदी अरेबियाबिचको असमझदारीका कारण अहिले २९ वर्ष भन्दा पहिलेको सस्तो मुल्यमा पेट्रोलियम पदार्थ पुगेको छ।

कोरोना प्रभावका कारण विश्वका कयौं राष्ट्रका आम नागरिकले सस्तो मुल्यमा पेट्रोलियम पदार्थ एवं ग्यास उपयोग गर्न पाएका छन् भने यसको प्रभावसंगै तेलको मुल्य घटेको छ ।

विश्व बजारमा तेलको मुल्य घटे पनि नेपाली उपभोक्ताले भने पाउन सकेका छैनन् । सस्तो मुल्यमा पाउनुको साटो पहिलेकै मुल्य तिरेर पनि पेट्रोलियम पदार्थ पाउन लाइन बस्नु पर्ने बाध्यकारी अवस्था रहेको छ ।

ग्यासका डिपो देखी कैयौ पेट्रोलियम पम्पहरु वन्द छन् भने खुलेका स्थानमा लाइन बस्नु पर्ने बाध्यता छ ।