नेकपामा वौद्धिक नेताको शिर्षस्थानमा भीम रावल, रावलले गरे पीएचडी प्राप्त

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले विद्यावारिधि (पीएचडी) गरेका छन् । योसँगै रावलको नाम अगाडि डा. थपिएको छ ।

पूर्व उपप्रधान, गृह, रक्षामन्त्री भइसकेका नेकपा स्थायी कमिटि सदस्य रावलले सोमबार विद्यावारिधि गर्न सफल भएका हुन् ।

विद्यावारिधि प्राप्त गरेपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग रावल ।

रावलले राजनीति शास्त्रअन्तर्गत नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले स्वीकार गरेको हो ।

राष्ट्रवादी नेताको छवि बनाएका रावल सत्तारुढ दल नेकपामा वौद्धिक नेताको शिर्षस्थानमा पर्छन् ।