सल्यानमा बेहुली लिन गएका जन्ती प्रहरीले आधा बाटोबाटै पर्काइदिए

सल्यान। सल्यानमा बेहुली लिन आएका जन्ती बेहुलाको उमेर कम भएको जानकारी पाएपछि आधा बाटो बाटै फर्किएका छन्। रोल्पाको गंगादेव गाउँपालिकाबाट सल्यानको दार्मा गाउँपालिकामा बेहुली लिन आएका जन्ती बेहुलाको उमेर नपुगेका कारण आधा बाटो बाटै फिर्ता भएका हुन्।

बेहुली लिन करिब ४५ जना जन्तीसहित बस सल्यान प्रवेश गरेको थियो। बेहुलाको उमेर नपुगेको थाहा पाए पछि प्रहरीले जन्तीलाई बाटोबाटै फिर्ता पठाएको थियो। प्रहरीले उमेर नपुगेको विवाह भएपछि कारबाही गर्न भन्दा अगाडि नै विवाह रोकेर ठूलो दु’र्घटनाबाट रोकेको बताए।

बालविवाह गरे वा गराए वा संलग्न भएको खण्डमा दुलाहा, बेहुलीसहित संलग्नलाई समेत तीन वर्ष कैद वा ३० हजार ज’रिवाना अथवा दुवै स’जाय हुन सक्ने कानुनी व्यवस्था छ। पछिल्लो समय सल्यानमा बाल विवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रहरीलाई स्थानीय तह, मानव अधिकारकर्मी, स्थानीयलगायतले साथ दिँदै आएको छन्।

फाइल फोटो