कमेडी च्याम्पियनको पहिलो विजेता बनेपछि के भन्छन् हिमेश पन्त ?

काठमाडौँ। हिमेश पन्त नेपालको पहिलो कमेडी च्याम्पियनमा विजेता बनेका छन्। यो सँगै उनले २५ लाख नगद र कार हात पारेका छन् ।

शनिबार काठमाडौँमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन्। पहिलो कमेडी च्याम्पियन बनेपछि हिमेश पन्तले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै भोट गरेर विताउने सबैलाई धन्यावाद दिएका छन्।

उनले लेखेको स्टाट्स जस्ताको त्यस्तै:

देश तथा बिदेशमा रहनु भएका सबैमा मेरो नमस्ते, म हिमेश पन्त।
हजुरहरूको साथ, सहयोग र Vote ले गर्दा नेपालको पहिलो Comedy Reality Show, Comedy Champion Season 1 को WINNER भएको छु।
Comedy Champion जित्दै गर्दा आफै माथि जिम्मेवारी थपिएको आभास भएको छ।
आगामी दिनमा पनि सोही अनुरूप अगाडि बढ्नेछु। हजुरहरुको निरन्तर Support रहिरहनेछ भन्नेमा पनि पुर्ण विश्वस्त छु। वास्तवमा यो मेरो मात्र जित हैन, मलाई मन पराउने र मेरो शुभ चाहने सम्पूर्ण शुभेच्छुकहरुको जित हो।
सबैसबैमा धेरै धेरै धन्यवाद।