हाम्रो सुन्दर अनि रमणीय सिन्धुली: कसरी रह्यो ‘सिन्धुली’ नाम ?

  •  तारा प्रकाश श्रेष्ठ

सिन्धुली जिल्ला नेपालको ३ नम्बर प्रदेशमा रहेको पुर्बी पहाडी र भित्री मधेसमा पर्ने जिल्ला हो। सिन्धुली प्राकृतिक सम्पदा तथा धार्मिक स्थलहरु र संस्कृतिले धनी जिल्ला मानिन्छ। नेपालको सबैभन्दा सुन्दर सडकमार्ग (विपी राजमार्ग) पनि सिन्धुली जिल्लामै पर्दछ । नेपालको राजधानी काठमाडौंदेखि करीब १३४.६ कि.मी. टाढा रहेको सिन्धुलीको जिल्ला सदरमुकाम सिन्धुलीमाढी हो।

कसरी रह्यो सिन्धुली नाम ?

सिन्धुली जिल्ला भारतको उज्जैनबाट उत्तराखण्डको हिमाली क्षेत्रमा तपस्या गर्न आएका ‘सिन्धुल’ नामका राजाले तपस्या गरी सिद्धि प्राप्त गरेको ठाँउ भएकोले उनैको नाममा सिन्धुली नामकरण गरिएको र यसै ठाँउका आधारमा जिल्लाको नामकरण गरिएको मान्न सकिन्छ । सिन्धुलीगढीमा स्थापित सिद्धेश्वर देवालय सिन्धुलले स्थापना गरेको मानिन्छ । संस्कृत भाषामा सुरुङमार्गलाई ‘सिन्दुर’ भनिने र सिन्धुली माँडी(फाँट) बाट गढीतर्फ जान सुरुङ बनेकोले त्यसलाई ‘सिन्धुरी’ भनिएको र पछि यो शब्द अपभ्रंश भएर ‘सिन्धुली’ बनेको मानिन्छ ।

भूगोलमा सिन्धुलीः–
देशः नेपाल
प्रदेशः ३
जिल्लाः सिन्धुली
३ नं. प्रदेशको दोस्रो ठूलो जिल्ला हो ।
भित्रि मधेशमा पर्छ ।

सिन्धुलीको अग्लो स्थान ‘फिक्कल डाँडा’ हो ।
क्षेत्रफलः २४९१ वर्ग किलोमिटर
विश्व मानचित्रमा २६ डिग्री ५५ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री २२ मिनेट उरी अक्षांश र ८५ डिग्री १५ मिनेट पूर्वी देशान्तर देखि ८६ डिग्री २५ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ ।

सिन्धुली जिल्ला समुन्द्री सतहबाट १६८ मिटर देखि २७९७ मिटरको उचाई सम्म फैलिएको छ । सिन्धुली जिल्लामा ३०० मिटर भन्दा होचो भूभाग १३.७ प्रतिशत रहेको छ । जसलाई मधेश पनि भन्दछौँ । यो भूभाग हाम्रो देशको अन्न भण्डारको रुपमा प्र’सि’द्ध छ ।

त्यसैगरी समुन्द्र सतहबाट ३०० मिटर देखि २००० मिटर सम्मको भूभाग सिन्धुली जिल्लामा ८५.८७ प्रतिशत रहेको छ । जुन क्षेत्रफल फलफुल तथा पशुपालनको लागि उपयुक्त रहेको छ । त्यसैगरी समुन्द्र सतहबाट २००० मिटर माथि उचाईमा सिन्धुली जिल्लाको भूभाग ०.५ प्रतिशत मात्र रहेको छ । जसलाई हामी महाभारतीय शृङ्खला पनि भन्दछौँ ।

छिमेकी जिल्लाहरूः–
पूर्वमा उदयपुर र सिराहा
दक्षिणमा धनुषा, महोत्तरी, सर्लाही र रौतहट
पश्चिममा मकवानपुर र काभ्रेपलाञ्चोक
उत्तरमा रामेछाप र ओखलढुङ्गा

जनसङ्ख्याः २,९६,१९२
पुरुषः १,४२,१२३
महिलाः १,५४,०६९

९ स्थानीय निकाय अर्थात २ नगरपालिका र ७ गाउँपालिका रहेको यस जिल्ला भौगोलिक रुपमा भित्री मधेस क्षेत्रदेखि उत्तरी महाभारत श्रङ्खलाको मध्य भाग क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ।

निर्वाचन क्षेत्र २ वटा
नगरपालिका २ वटा
गाउँपालिका ७ वटा

* नदीनालाहरुः मरिण, सुनकोशी, कमला, चँदाहा, रोशी, बागमती, तावा, वाक्सु, वदाह, अरुण ठाकुर, ककुर ठाकुर ।
पोखरी र तालहरुः पञ्चकन्या पोखरी ।

*ऐतिहासिक तथा धार्मिकस्थलहरुः कुशेश्वर महादेव,भद्रकाली, सिद्धस्थान, माईस्थान, कालिकामाई मन्दिर, मधुगङ्गा, सर्पे ढुङ्गा, सिन्धुलीगढी, हरिहरपुर गढी ।

*वाणिज्य तथा व्यापारिक स्थानहरुः दुधौली, भिमान, सिन्धुलीमाढी, खुर्कोट, झाँगााझोली, कपिलाकोट, चकमके ।

नेपालको एकीकरण र ईतिहासमा सिन्धुली :-
अङ्ग्रेज कम्पनी सरकारले गोरखाली फौजसँग युद्ध गर्न टिप्राको लडाँइमा विजयप्राप्त गरेका वीरयोद्धा कप्तान किनलकको नेतृत्वमा २,४०० हिन्दुस्तानी र अङ्ग्रेज अफिसरका साथ अङ्ग्रेज फौज पटना तर्फ पठायो । उक्त फौज पटनाबाट दरभङ्गा हुदै जनकपुरको बाटोबाट कमला नदीको किनारै–किनार सिन्धुलीगढीमा आइपुग्यो ।

अङ्ग्रेज फौज पटनाबाट हिँडेको खबर सुनेपछि पृथ्वीनारायण शाहले त्यसलाई रोक्न वीरभद्र उपाध्याय र वंश गुरुङको नेतृत्वमा ५०० गोर्खाली फौज सिन्धुली तर्फ पठाए । त्यसको केही समयपछि यिनले सिन्धुली गढीको रक्षार्थ वंशराज पाँडे र श्री’हर्ष पन्तको नेतृत्वमा ७०० गोर्खाली फौजको अर्को टोली पठाए।

अङ्ग्रेज फौज सिन्धुलीगढीको पौवा गढीमा आएपछि गोरखाली फौजले सिस्नो र अरिङ्गालको गोलोले हानेर आक्रमण गरे गोर्खालीको अप्रत्यासित आक्रमणबाट अत्तालिएर अङ्ग्रेज फौजको भागाभाग प¥यो ।

गुरिल्ला युद्धमा खप्पिस गोर्खाली सेनाबाट पहाडी युद्धमा अभ्यस्त नभएका हिन्दुस्तानी अङ्ग्रेज फौजलाई ज्यान जोगाएर भाग्न निक्कै गाह्रो प¥यो । यस युद्धमा गोर्खाली फौजले शत्रुको तीन सय बन्दुक हात पारे । यस युद्धमा अङ्ग्रेज तर्फका १६०० र गोर्खाली तर्फका तीन सय सैनिक मारिए ।
वि. सं. १८२४ कार्तिक २४ गते गढी युद्ध भएको थियो ।

हेर्नुहोस.. तस्बिरमा सिन्धुली