हिमेश पन्तले ‘कमेडी च्याम्पियन’ जित्दा खबपूको समर्थकले गरे वि’रोध (भिडियो)

काठमाडौ । कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भएका छन् । उनलाई भोटका आधारमा आयोजकले च्याम्पियन घोषणा गरेका हुन् । कमेडी च्यापम्पियनको अर्को दावेदारका रुपमा हेरिएका खड्क वहादुर पुन मगरका समर्थकले भने हिमेशलाई च्याम्पियन घोषणा गरेसंगै वि रोध गरेका छन् । यता हिमेशलाई च्याम्पियन घोषणा गरिरहँदा कार्यक्रम हल वाहिर भने खवपुका समर्थकले ना रा वा जी गरेका थिए । उनीहरुले कार्यक्रममा धाँदली भएको आरोप लगाएका थिए ।

खड्ग बहादुर पुन मगरको समर्थकहरुले कार्यक्रमको बाहिर भोटिङ्गका आधारमा विजेता नबनाइएको भन्दै ना रा बा जी सुरु गरेका छन् । कमेडी च्याम्पियन मु र्दा वाद भन्दै ना रा बा जी लाउँदै धाँ धली भएको जनाएका छन् । जातिवादको कुरा समेत उठाउँदै ना रा बा जी लाएको पाईएको छ । बाहुन भएका कारण हिमेश पन्तलाई जिताईयो भन्ने जस्ता तर्क प्रस्तुत गर्दै खबपुका समर्थकहरुले भोटिङ्गका अनुसार विजेता नबनाएकोमा वि रोध जनाएका हुन् ।

कमेडी च्याम्पियनको फिनालेमा हिमेश पन्तसंग खबपु र सुमन कोईरालाले प्रतिस्पर्धा गरेका थिए । भोटिङ्गकै आधारमा विजेता छानिने भनिएको कार्यक्रमको फ़र्माट अनुसार हिमेश पन्तलाई विजेता घोषणा गरिएको कार्यक्रम आयोजकहरुले जनाएका छन् । कार्यक्रमकै एक आयोजकले भने, समर्थकहरुले विरो ध गर्नु वहाँहरुको माया हो । भोटिङ्गमा कुनै धाँ धली गरिएको छैन र हामी संग भोटिङ्गको लिष्ट सुरक्षित छ जुन जहिले पनि हामी देखाउन सक्छौ ।

रोल्पाका खड्क वहादुर पुनले रोल्पामा माओवादी द्ध न्द्धका कारण भोगेका अनुभवलाई कमेडीका रुपमा प्रस्तुत गर्ने गरेका थिए । उनी मध्यपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्ने एक मात्र प्रतिनिधि थिए । जसले रोल्पाको वास्तविकता देखाउने गरेका थिए । हिमेशले सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै उनी पहिलो कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।

उनले सर्वाधिक भोट ल्याएर ‘कमेडी च्याम्पियनको विजेता बनेका हुन् । उनले २५ लाख नगद र कार प्राप्त गरेका छन् । कमेडी च्याम्पियनको फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तको प्रतिस्पर्धा रहेको थियो । शनिवारको ‘कमेडी च्याम्पियनको फिनाले कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र दिनेश डिसी पनि सहभागी भएका थिए । विशाल भण्डारीले निर्देशन गरेका यस शो नेपालकै पहिलो कमेडी शो हो ।