१६ लाखको लेहेंगा, ६० लाखको गहनामा सजिएकी आँचल (भिडियो)

काठमाडौ । आँचल शर्मा र उदिप श्रेष्ठको विवाहको रिसेप्सनका भिडियो र तस्विर अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । जब उदिपले आँचललाई हेलिकप्टर चढाएर हायत पुगेका थिए, चर्चा झन् चुलिएको थियो ।

आँचल शर्माले लगाएको लेहेंगाको समेत अहिले सामाजिक संजालमा चर्चा बढेको छ । आँचलले लगाएको उक्त लेहेंगा १६ लाख मुल्यको रहेको छ । आँचलले विवाह र रिसेप्सनमा लाउने लेहेंगा केही महिना अघि नै भारतको टप डिजाइनरबाट डिजाइन गराएकी थिइन् । अहिले आँचल शर्माको उक्त लेहेंगाको चर्चा सामाजिक संजालमा देखिन थालेको छ ।

त्यस्तै आँचलले विवाहमा ६० लाखको गहना लाएकी छिन् । विवाह र रिसेप्सन सम्म आँचलले ६० लाख जतिको गहना लाएकी छिन् । नेपाली परम्परा अनुसार नै विवाह गरेको भनेर धेरैले खुशी व्यक्त गर्दै आँचल र उदिपको जोडीलाई शुभकामना दिन थालेका छन् । आँचल शर्माको अहिले रिसेप्सन पार्टी चलिरहेको छ । कलाकार देखि मिडियाकर्मीहरुको सहभागी सहित रिसेप्सन पार्टी भव्यताका साथ चलिरहेको छ ।

हेर्नुहोस भिडियो: