भिसाको म्याद सकिए पनि बन्द खुलेपछि कतार प्रवेश गर्न पाइन्छ ? जान्नुहोस

दोहा । कतारले आवासीय भिसाको म्याद सकिए पनि कतार प्रवेश गर्न दिने भएको छ ।

दोहामा आयोजित सामुदायका नेताहरूसँगको बैठकमा प्रशासनिक श्रम तथा सामाजिक मामिला मन्त्रालयका अधिकारीहरूले कतार आइडीको म्याद सकिसकेका वा कतार बाहिर ६ महिना भन्दा बढी बसेका आप्रावासी कामदारहरुलाई प्रतिब’न्ध हटा’इएपछि कतार प्रवेश गर्न दिइने निणर्य गरेका हुन् ।

कतारको यो निणर्यले बिदामा स्वदेश गएर फर्कन नपाएका आप्रावासीह कामदारहरूलाई राहत मिल्ने भएको छ । कतारले प्रवे’शमा रोक लगाएपछि बिदामा स्वदेश गएर भिसा सकिन लागेका थुप्रै नेपाली कामदार अन्यौलमा परेका थिए ।

यसअघि कोरोना सं’क्रम’णको प्रकोपलाई फैलन नदिन भन्दै कतारले १४ देशका नागरिकलाई प्रवेश नि’षेध गरेको थियो। महामारीको रुप लिन सक्ने सम्भावित जो’खिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन, इजिप्ट, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोक लगाएको थियो ।

हालसम्म कतारमा कोरोनाबाट ३ सय ३७ जना सं’क्र’मित भएका छन् । भाइरस सरकारको निय’न्त्रणमै रहेकाले नअत्तालिन कतार सरकारले आग्रह गरेको छ ।