कोरोनाबाट बच्न अपनाइयो अनौठो तरिका !

एजेन्सी। ब्रिटेनमा कोरोनाको त्रास कस्तो छ भन्ने बारे सामाजिक सञ्जालमा देखिएका फोटोहरुबाट सहजै अनुमान लगाउन सकिन्छ।

मानिसहरु कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि ट्रेन, बजार, महल, सार्वजनिक बसमा मास्क लगाएर र बिभिन्न सतर्कता अपनाएर हिँड्ने गरेका छन्।

केहि ठाउँहरुमा त मानिसहरु मास्कका साथसाथै स्टोरेज बक्स लगाएर घुमिरहेको पनि देखिएको छ । ब्रिटिश सरकारमा कोरोनाको महामारीका डरले चेतावनी जारी गरिएको छ।

सोसल मिडियामा मास्क बनाएर बक्स लगाएका मानिसहरुका फोटोहरु भाइरल बनिरहेका छन् । ब्रिटेनको मेट्रो स्टेशनमा एक यात्रीले ह्यावी ड्युटी ग्यास मास्क लगाएर घुमिरहेको फोटो अत्याधिक भाइरल बनिरहेको हो।

लण्डनमा कोरोनाबाटछ बच्न केहिले ग्लवस पनि लगाएको देखिएको छ । इंग्ल्याण्डको स्वास्थ्य विभागले मास्कको प्रयोगबाट मात्रै कोरोनाको संक्रमण रोक्न नसकिने बताएको छ।

लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिलका प्रोफेसर ब्र्याण्डन वर्रेनले सर्जिकल मास्क भाइरस रोक्नका लागि काफी नहुने बताएका छन्।

चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म ३१ सय भन्दा धेरैको मृत्यु भईसकेको छ