चितवनमा दिनदहाडै लुटियो घर्तीको ९ लाख

चितवन। शुक्रबार चितवनमा दिनदहाडै लुटपाट भएको छ। पूर्वी चितवनको खैरहनीमा ९ लाख रुपैयाँ लुटिएको हो। गुल्मीका नारायण घर्तीको ९ लाख रुपैयाँ खैरहनी-८ पर्साबजार नजिकबाट लुटिएको छ। भरतपुरको साइन विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताए।

जग्गा खरिदको लागि भन्दै खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भए अनुसार घर्ती र उनका साथमा पदम घर्ति रकम लिएर खैरहनी आएका थिए।
फोनमा भने अनुसारको स्थानमा पुग्दा दुईजना व्यक्तिहरु आएर रकम लिएको र लगत्तै उनीहरु भागेको पदम घर्तीले बताए। घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए।