जब वुहान अस्पतालबाट अन्तिम बिरामी पनि घर फर्किए, तब डाक्टर नै बेडमै लमतन्न परेर सुतेपछि …

एजेन्सी । चीनबाट शुरु भएर विश्वभर फैलिएकोे कोरोना भाइरसको संक्र’मण चीनमा भने तीब्र रुपमा कमी आएको छ । गएको डिसेम्बरबाट शुरु भएको यो रोगको सं’क्रमणबाट गएको चार महिनामा वुहान अस्पतालमा बिरामीको लामो लाइन नै लागेको थियो ।

वुहान अस्पतालका डाक्टर तथा नर्सहरुले अस्पतालको चाप र मानवीय समवेदनालाई विचार गर्दै दिनरात नभनी बिरामीको उपचारमा लागिपरे । कतिपय डाक्टर तथा नर्सहरुले उपचारकै क्रममा सं’क्रमित भएर ज्यान समेत गुमाए ।

यसैबीच सोशल मिडियामा अहिले एक तस्वीर भाइरल बनेको छ । तस्वीरमा वुहान अस्पतालमा कोरोना भाइरसका सं’क्रमित अन्तिम बिरामी डिस्चार्ज भएपछि एक डाक्टरले दिएको प्रतिक्रिया देख्न सकिन्छ ।

अन्तिम बिरामी समेत डिस्चार्ज भएपछि वुहान अस्पतालका डाक्टर शियाँल लाइन्ग राहत महसुश गर्दै बिरामी राख्ने बेडमै लमतन्न परेर सुतेका छन् । र छेउछाउमा बिरामी राख्ने बेडहरु रित्तै देखिन्छन् । चीनमा गत बुधवारसम्म कोरोनाका कारण ज्या’न गु’माउनेको संख्या ३ हजार १६९ पुगेको छ ।

कोरोनाबाट सर्वाधिक प्र’भावित भएको वुहानमा पहिलोपटक बुधबार एक जना मात्र संक्र’मित भेटिएको पाइएको छ । युरोप-अमेरिका लगायत शक्तिशाली मुलुकमा महामारी बन्दै गएको कोरोनाको संक्र’मण चीनले कम गर्न सफल भएकोमा चीनकाे सराहना गरिएकाे छ ।