भ्रष्टाचारको बिरुद्द आवाज उठाउदै आएका ज्ञानेन्द्र पक्राउ !

काठमाडौं। पत्रकारलाई जथाभावी गालीगलौज गरेको आरोप मा बुधबार वीरेन्द्रनगर खुल्लामञ्चबाट ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । गएकाे वैशाखमा आफ्नो कार्यक्रममा कोही पनि पत्रकार सहभागी नभएको भन्दै उनले सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरी गालिगलैज गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

शाहीविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले प्रहरीमा उजुरी दिएको थियो ।पक्राउ गर्ने क्रममा सुर्खेतका पाँच जना प्रहरी घाइतेसमेत भएका छन् ।

वीरेन्द्रनगर खुल्ला मञ्चबाट शाहीलाई पक्राउ गर्दा अन्य व्यक्तिहरुले पनि प्रहरीमाथि ढुङ्गामुढा गरेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । प्रहरीले शाहीलाई पक्राउ गर्दा सहयोग गर्ने अन्य ६ जना पनि पक्राउ परेका छन् ।

बुधबार खुल्लामञ्चमा नागरिक समाजले गरेको कार्यक्रममा सहभागी भएको बेलामा पक्राउ गरिएको हो ।

‘शाहीलाई त्यहाँबाट पक्राउ गर्दा केही मान्छेले शाहीलाई सहयोग गरेर प्रहरीमाथि जाइलागे’, उन ले भने, ‘हामीले पाँच/छ जना पक्राउ गरेका छौँ । शाहीलाई पक्राउ गरेर काठमाण्डौ पठाउने तयारी गरेका छाैँ ।’

शाही भष्टाचारविरुद्ध विभिन्न ठाउँमा अभियान सञ्चालन गर्दै आएका शाहीलाई साइबर क्राइम अन्तरगत कारबाहीका लागि काठमाण्डौ पठाइने उन ले बताए ।