कुवेतमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । चिनको वुहानबाट फैलिएको कोरोना भाइरसले महामारिको रुप लिएपछि विश्व नै सं’शकित बनेको छ ।

उक्त भाइरसबाट बच्नको लागि कतार,अमेरिका,भारत,दुबई,इरान,इटाली लगायतका देशहरुले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् । त्यसको असर नेपालमा पनि परेको छ ।

अहिलेसम्म नेपालमा कोरोनाको सं’क्रमण नदेखिएपनि वैदेशिक रोजगारीमा प्रतिबन्ध लाग्दा नेपालको अर्थतन्त्रमा प्रभाव परेको छ । हाल कुवेतमा मात्रै ७० हजारको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ ।

कुबेतको मन्त्रिपरिषदको बैठकले मार्च १२ देखि मार्च २६ सम्म ‘लकडाउन’ गर्ने निर्णय गरिएको कुवेत टाइम्सले उल्लेख गरेको छ । मन्त्रिपरिषदले रेष्टुरेण्ट र क्याफेमा जम्मा हुन पनि प्रतिबन्ध लगाएको छ ।