अमृत सापकोटाले आफ्नो एनिभर्सरीमा दिए श्रीमतीलाई नयाँ गित उपहार (हेर्नुस भिडियो सहित)

काठमाण्डौं, बाल गायिका कमला घिमिरेलाई मिडियामा ल्याएर चर्चित बनेका पत्रकार तथा गायक अमृत सापकोटाको नयाँ गित ‘बाँस काटेर चोया’ को म्युजिक भिडियो भर्खरै युट्युबमा सार्वजानिक भएको छ ।

यसअघि बाल गायिका कमला घिमिरे र अमृत सापकोटाको डवयट गित ‘चिया छानेको’ १ करोड ४० लाख भ्युउज पुग्नै लाग्दा उनको नयाँ गित ‘बाँस काटेर चोया’ आफ्नो ५ औँ म्यारीज एनिभर्सरीको अवसरमा सार्वजानिक गरेका हुन् ।

अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारी र धुर्व हिमालीको फिचरिंग रहेको उक्त गितमा शब्द अमृत सापकोटाको र स्वर अमृत सापकोटा सँगै करुणा राईले दिएकी छिन, भने एरेन्जर बिनोद बाजुरालीको र संगीत संयोजन गोबिन्द पौडेलको रहेको छ ।

शुभआरम्भ डिजीटल म्युजिक प्रा ली मार्फत सार्वजानिक भएको उक्त म्युजिक भिडियोको डिरेक्सन काजी श्रेष्ठले गरेका थिए भने भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन । बाँकी भिडियो तल दिएको लिंकमा गएर हेर्नुहोला ।