८ रेक्टरको भूकम्पले हल्लाएजस्तो हल्लायो

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले भक्तपुरको लोकन्थलीमा बनाउँदै गरेको नयाँ घरमा ब’म वि’स्फोट हुँदै भूकम्पले जस्तै हल्लाएको छिमेकीहरुले बताएका छन् ।बाँस्कोटाको न’वनिर्मित घरसँगै घर रहेका छिमेकी कपिल घिमिरेले पौने ८ बजेतिर विस्फोट भएको बताए ।

“माथि खाना बनाउँदै थिएँ, एक्कासी वि’स्फोट भयो । तल रि’मोट र सि’टी भेटियो । अनि ब’म वि’स्फोट भएको रहेछ भन्ने बुझ्यौं । मेरो घरको पिलरमा समेत क्ष’ति भएको छ । चारतला माथिका झ्यालका सिसा फु’टेका छन् ।

वि’स्फोट हुँदा २ मिटर वरिपरी ८ रेक्टरको भूकम्पले ह’ल्लाएजस्तो हल्लायो ।”वि’स्फोट पछी बाँस्कोटाको घरको क’म्पाउन्डमा गराइएको वि’स्फोटले पर्खालमा क्ष’ति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता श्याम ज्ञवालीले जानकारी दिए।

भक्तपुरको लोकन्थीलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको निर्माणाधीन घरमा वि’ष्फोट भएको हो ।बिहानको समयमा भएको ब’म वि’ष्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किएको छ। झ्यालका सिसाहरु फु’टेका छन् ।