नोबल अस्पतालको ठगी धन्दा : मृ’त्यु भएको बिरामी तीनदिनसम्म राखेर उपचार खर्च असुल

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृ’त्यु भएपछि पनि ३ दिन आईसीयूमा राखेर उपचार गरेर रकम असुलेको विरामीका आफन्तले आरोप लागेको छ।

सुनसरी भोक्राहा गाउँपालिका २ का २५ वर्षिय नइम मन्सुरीको मंगलबार बिहानै मृत्यु भएको तर अस्पतालले आइसियुमा राखेर उपचार भइरहेको छ भन्दै औषधी किन्न लगाएर पैसा असुलेको मृत’कका आफन्तले आरोप लगाएका छन्।

बुधबार राति र बिहीबार बिहान १० बजे औषधि खरिद गर्न लगाएको र रगत जाँचका लागि पैसा तिर्न लगाएर उपचार भइरहेको स्वास्थ्यकर्मीले बताएको मन्सुरीकी पत्नी रुक्सार खातुनको भनाइ छ । बिहीबार बिहान चेक जाँचमा आएका डाक्टरले बिरामीको अस्ति नै मृ’त्यु भइसकेको थियो किन नलगेको भन्दै उल्टै गा’ली गरेपछि चकित भए भन्दै उनले भक्कानिदै भनिन्।

ज्वरो आएको र टाउको दुखिरहेकोले छोरालाई फागुन १२ गते अस्पतालमा उपचारका लागि भर्ना गराएको मृतककी आमा मकिनाले बताइन्। उनले रुँदै भनिन्, ‘हामी भेट्न जाँदा ६/६ घण्टामा औषधि दिने गरेकाले बोल्न नसक्ने र हातखुट्टासमेत नचल्ने चिकित्सकले भन्थे ।’ अस्पतालमा उपचारको क्रममा करिब १ लाख नाताकुटुम्ब लगायतसँग चन्दा संकलन गरेर बुझाइसकेको र अझै ९५ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ भने औषधिको २ लाख बाँकी रहेको खातुनले बताइन्।

चिकित्सकले मृ’त्यु भइसकेको बिरामीलाई किन ३ दिनदेखि उपचार गरिरहेको प्रष्ट पार्नुपर्ने भन्दै पी’डित परिवार आन्दोलनमा उत्रेको छ। आफू जस्तै अन्य आमाले यस्तो पी’डा व्यहोर्न नपरोस् भनेर अस्पताललाई दण्डित गर्नुपर्ने माग राखेको खातुनको भनाइ छ। अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले पीडित परिवारसँग अस्पतालका निर्देशक आफैंले छलफल गरिरहेकाले छलफलपछि मात्रै केही भन्न मिल्ने बताए।