पूजा र वर्षाले दिलीप रायमाझीसंग होलीमा मस्ती गर्दा जे देखियो…(भिडियो)

काठमाडौ । नायिका पूजा शर्मा र वर्षा सिवाकोटीले नायक दिलीप रायमाझीसंग होली खेलेर रमाईलो गरेका छन् । काठमाडौमा आयोजित एक कार्यक्रममा यी तीनले होली खेल्दै मस्ती गरेका छन् ।

होली खेलेपछि दिलीप रायमाझीले पूजा शर्मा र वर्षा सिवाकोटीलाई जवानीमा देख्दा आफुलाई के लागेको भन्ने बारेमा मिडियासंग खुलाएका छन् । दिलीप रायमाझीलाई पुजा र वर्षाको भविष्य उज्ज्वल लागेको कुरा उल्लेख गरेका छन् । साथै पूजा शर्माले दिलीप रायमाझीको डाईलग सुनाउदै दिलीपको खुलेर तारिफ गरेकी छिन् । कोरोना भाइरसबाट डर नमानी होली खेलेको भन्दै पूजाले बताएकी छिन् ।

भिडियो हेर्नुहोस:

यो पनि… तराई–मधेसमा होलीको मौलिकता हराउँदै

पछिल्लो सयम आधुनिकताको नाममा तराई–मधेसमा मनाइने होली पर्वको मौलिकता हराउँदै गएको छ । हरेक वर्ष फाल्गुन शुक्लपूर्णिमा तिथि अर्थात होली पूर्णिमाको दिन मनाइने होलीमा गाइने होरी तथा जोगिरा जस्ता गीत विस्तारै लोपहुँदै गएका छन् । यसको स्थान अश्लिल भोजपुरी तथा मैथिली गीतहरुले लिन थालेको छ ।

पहिले होली आउन केही दिन बाँकी हुँदा नै तराई–मधेसका गाउँ–गाउँ, टोल–टोलमा सामूहिक रुपमा होरी र जोगिरा गाउने गरिन्थ्यो । स्थानीयवासी दिनभरको सारा काम सकाएर साँझ चौक, चौतारामा जम्मा भई सामूहिकरुपमा होरी र जोगिरा गाउने गरिन्थ्यो । तर आजभोली मानिसहरु त्यो चलन विस्तारै बिर्सदैँ गएका छन् । “आजभोलि गाउँदेखि शहरसम्म विभिन्न सङ्घसंस्था, सङ्गठन तथा सरकारी कार्यालयमा एकसाता अगाडिदेखिनै होलीको नाममा होली मिलन कार्यक्रमको आयोजना गरेर सामूहिक रुपमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरेको पाइन्छ”, चक्रघट्टा गाउँपालिका औरहीका राजगिर यादवले भन्नुभयो । “अहिले जे जस्तो कार्यक्रम गरेर होली मनाए पनि होलीको मौलिकता भने हराउँदै गएको छ । विगतमा होलीमा गाइने परम्परागत होरी र जोगिरा सररर जस्ता गीतहरु अहिले सुन्न पाइन छोडिएको छ”, यादवले भन्नुभयो ।

उहाँले भन्नुभयो, “आधुनिकताका नाममा आएका होली मिलनजस्ता कार्यक्रममा एकआपसमा रङ्ग अबीर दलेर फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नको लागि मात्र सीमित रहेको देखिन्छ ।” यस्ता कार्यक्रम सामजिक सद्भाव बढाउने तर्फ केन्द्रित हुनुपर्नेमा केवल शुभकामना आदानप्रदान गर्नमै सीमित भएको मलङ्गवा जेसिजका पूर्वअध्यक्ष एवं सामाजिक अभियन्ता सुवोध राजोपाध्यायले बताउनुभयो । होलीका परम्परागत गीत जोगिरा सररर जस्ता गीत बज्न छोडेको उहाँकोे भनाइ छ ।

शुभकामना आदानप्रदान मात्र नभइ तराई–मधेशमा गाउने गरिएका मौलिक जोगिराका गीतको पनि संरक्षणतर्फ ध्यान दिन जरुरी रहेको राजोपाध्यायले बताउनुभयो । केहीवर्ष अगाडिसम्म सर्लाहीका गाउँ गाउँ र टोल टोलमा जोगिरा सररर गीत गाएर मानिसहरुले होली मनाउँथे । अहिले भने होली मिलन कार्यक्रमको आयोजना गरेर यसलाई परम्परागत होलीलाई रेडिमेड होली बनाइदिएका छन् ।