कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ आफ्नै स्टुडियोमा

काठमाडौं। कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ आफ्नै स्टुडियोमा हुने भएको छ। ‘ग्रान्ड फिनाले’ यसअघि चैत १ गते होटेल सोल्टीमा गरिने घोषणा गरिएको थियो।

तर, कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गरेर सरकारले ठूला सभा, सम्मेलन नगर्न सूचना जारी गरेपछि ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा हुन लागेको हो। कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीका अनुसार ग्रान्ड फिनाले चैत १ गते च्यासलस्थित आफ्नै स्टुडियोमा हुने भएको हो। ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन्।