कोरोना भाइरसका कारण सलमान खान अप्ठ्यारोमा

एजेन्सी। कोरोना भाइरसकोका कारण बलिउड अभिनेता सलमान खानको चलचित्र राधेको शुटिङ्ग रोकिएपछि अप्ठ्यारोमा परेका छन्। तर उनले केहि समय पहिला कोरोनाबाट बच्न सबैलाई हात नमिलाई नमस्कार गर्ने आग्रह समेत गरेका थिए ।

भारतिय संचार माध्यमका अनुसार खान समेत कोरोना भाइरसका कारण प्रभावित भएको बताइएको छ । खानले बताए अनुसार राधे चलचित्रको थाईल्याण्डको सेड्युल केहि समयलाई रोकिएको हो ।

कोरोनाभाइरसको त्रा’सले सतर्कता अपनाउदै अहिले उक्त सेड्युल रोकिएको बताइएको छ । कोरोना भाइरस नियन्त्रणमा रहे मात्र चलचित्रको शुटिङ्ग थाईल्याण्डमा हुने भारतिय संचार माध्यमले जनाएको छ । प्रभुदेवाले निर्देशन गर्ने यो चलचित्र खानको तेश्रो चलचित्र हो ।