कोरोना प्रभाव : ट्वाइलेट पेपरका लागि लुछाचुँडी (भिडियो)

एजेन्सी। अस्ट्रेलियाको वूल्सवर्थ स्टोरमा ट्वाइलेट पेपरका लागि लुछाचुँडी गर्ने आमाछोरीको जोडीवि’रुद्ध मु’द्दा दायर गरिएको छ । सिड्नीको दक्षिणपश्चिमस्थित चुल्लोरामा रहेको वूल्सवर्थ स्टोरमा ४९ वर्षीया महिलालाई शनिवार आ’क्र’मण गरिएपछि प्रहरीलाई बोलाइएको थियो।

घ’टनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसमा महिलाहरूले ट्वाइलेट पेपरको ठूलो पोकोका लागि एकअर्कालाई धकेलेको, चि’च्याएको र झगडा गरेको देखिन्छ । कोरोनाभाइरस फैलिएपछि मानिसहरूले अहिले ध’माधम सामान किनेर जम्मा गरिरहेका छन् ।

पसल बिहान ७ बजे खुल्छ र त्यसभन्दा घन्टौं अघिदेखि मानिसहरू सामान किन्न आए । तीमध्ये ६० वर्षीया आमा र २३ वर्षीया छोरी पनि थिए र उनीहरूले आफ्नो ट्रलीभरि ट्वाइलेट पेपर राखे । आमाको ट्रलीबाट अर्की एक महिलाले ट्वाइलेट पेपरको एक प्याकेट झिक्न खोजेपछि झगडा शुरू भएको थियो ।

पसलको कर्मचारीले झग’डा रोक्दै गर्दा आमा चाहिँको ट्रलीमा ट्वाइलेट पेपरको पहाड देखिन्थ्यो । पछि प्रहरीलाई पनि घट’नास्थलमा बोलाइएको थियो । ‘ब्यां’क्सटाउन प्रहरी कार्यालयका अधिकारीहरू घट’नास्थलमा पुगे र ४९ वर्षीया महिलासँग कुरा गरे । उनीमाथि आ’क्र’म’ण गरिएको बताइएको छ,’ प्रहरीका एक प्रवक्ताले बताए । ‘उनलाई कुनै चो’टप’ट’क लागेको छैन ।’

‘राति ८ बजेतिर दुई महिला ब्यां’क्सटाउन प्रहरी कार्यालय गए अनि अनुसन्धानकर्मीहरूसँग कुराकानी गरे ।’ आइतवार आमाछोरीलाई झैझ’ग’डा गरेको आ’रोपमा अदालतमा उपस्थित हुन समन जारी गरिएको छ । उनीहरू अप्रिल २८ मा अदालतमा उपस्थित हुनेछन् ।