भन्दाभन्दा हैरान भएपछि …

भक्तपुर। भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औ’षधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुण््याएका छन् ।

औ’षधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्यान्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँस्नुपरेको साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापति बताउनुहुन्छ । मास्क हुँदा रु १० सम्म बिक्री गरेको तर एक सातादेखि नआएपछि बिक्री गर्न नपाएको र अहिले १०० भन्दा बढी मानिस मास्क खोज्न आउने गरेको उहाँले जानकारी दिनुभयो ।

आरती फर्माका सञ्चालक सुविन श्रेष्ठले दुई सातादेखि मास्क बिक्री गर्न नपाएको बताउनुहुन्छ । “कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन, एक बट्टामा ५० थान मास्क हुन्छ, अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको दुई साता भयो”, उहाँले भन्नुभयो।

च्यामासिंह मेडिकलका सञ्चालक दीप श्रेष्ठ डिलरले मास्क नदिएपछि बिक्री गर्न नपाएको र अन्य औ’षधिको पनि अहिले माग बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी ह्यान्ड सेनिटाइजर, उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम, रुघाखोकी, ज्वरोको औ’षधि लिन आउने ह्वात्तै बढेका छन् ।”

उत्पादक कम्पनीले चीनलगायतका देशमा महङ्गोमा मास्क निर्यात तथा र नेपालको बढ्दो मागको आपूर्ति नगर्ने गर्दा बजारमा अहिले मास्क र ह्यान्ड सेनिटाइजरको अभाव चुलिएको बताइएको छ । काठमाडौँको बजारमा मास्क र ह्यान्ड सेनिटाइजरको कालोबजारी रोक्न वाणिज्य विभागले छापा मा’रेर कारवाही गर्न थालेपछि यहाँका व्यापारीले मास्क छैन भन्ने सूचना टाँस गरेर राखेका हुन् ।