पशुपति मन्दीर क्षेत्रमा पूर्वयुवराज पारस यस्तो अवस्थामा देखिए (भिडियो)

काठमाडौं । प्रत्येक शनिवार काठमाडौंका विभिन्न स्थानमा स्थानियले सरसफाई कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । करिब ३ वर्ष देखि सुरु भएको बाग्मती सफाई अभियान संगै टोल सफाई अभियान पनि जारी छ । शनिवार पशुपति मन्दीर परिसरमा सरसफाईमा गएका स्थानियको समुहमा पूर्व युवराज पारस पनि देखिए । उनले हातमा झाडु लिएर मन्दीर परिसरमा सफाई गरे ।

क्लीन काठमाडौं अभियानम सहभागी हुन उनी कालो कारमा चढेर पशुपति क्षेत्र पुगेका छन् । कारवाट ओर्लिएका पूर्व युवराजलाई उनका समर्थकले छाता ओढाउँदै मन्दीर परिसरमा लिएर गएका थिए । शनिवार विहानै देखि पानी परेका कारण सरसफाईमा भने केही कठिनाई आएको थियो । माइक लिएर अभियानको अगुवाई गरेका क्लीन काठमाडौंका अभियन्ताले पूर्वयुवराज पारसलाई पनि समेट्न पाउँदा गर्व महशुष भएको बताए ।

लामो कपाल पालेका पारस खैरो सल ओढेल मन्दीर परिसरमा पुगेका थिए । आफु राजा हुन जन्मेको नभई सर्वसाधारण नागरिकको जस्तो जिवन विताउने बताएक पूर्वयुवराज पारस विभिन्न हर्कतका कारण सामाजिक सञ्जालमा चर्चीत पात्र हुन् । उनी युट्युवर सोनिका रोकायसंगको सम्बन्धका कारण पनि चर्चामा छन् । मुलुकका विभिन्न स्थानको भ्रमणमा जाँदा सोनिकाका साथमा पुग्ने गरेका पारस र सोनिकाको सम्बन्धका बारेमा सामाजिक सञ्जालमा टिप्पणी हुने गरेको छ । तर दुवै जनाले आफुहरुबीच त्यस्तो कुनै सम्बन्ध नभएको बताउँदै आएका छन् । सहभागीहरुले अब मुलुकका लागि लड्नु पर्ने र त्यसका लागि मनको सफाई पनि आवश्यक भएको बताए ।

भिडियो हेर्नुहोस: