आस्था दाहाल क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित

काठमाडौं । काठमाडौंकी आस्था दाहाल क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएकी छन् । उनी विश्वविद्यालयको पोस्टग्राजुएट अन्तर्गत अध्यक्षमा निर्वाचित भएकी हुन् ।

अन्डरग्राजुएट अन्तर्गत भने विद्यार्थी युनियनको अध्यक्षमा बेन मार्गोलिस निर्वाचित भएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

रातो बंगला स्कुलबाट शिक्षा हासिल गरेकी आस्थाले नेपालमा पनि समानता र न्यायका विभिन्न अभियानमा संलग्न रहेर काम गरेकी थिइन् । आस्थाले अहिले क्याम्ब्रिजमा विद्यावारिधि गर्दैछन् ।

क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियन र ग्राजुयट युनियनबीच एकता भएपश्‍चात भएको पहिलो निर्वाचन हो । त्यसैगरी पोस्ट ग्राजुयटको नेतृत्वमा दुई हजार ७४४ मत खसेकोमा एक हजार ३९५ मत ल्याउँदै प्रतिद्वन्‍द्वी लुइसा डेरागनलाई पराजित गर्दै आस्था विजयी भएकी हुन् ।