इजरायलमा प्रधानमन्त्रीले देशवासीलाई गरे आग्रह: ‘हात मिलाउने काम बन्द गर्नुस् नमस्कार गर्नुस्’

काठमाडौं । पूर्वीय संस्कृतीलाई पश्चिमा संस्कृतीले आफ्नो प्रभावमा पारेको छ । जसका कारण मानवको सभ्यतालाई नै अप्ठ्यारोमा पार्न थाल्यो । तर पछिल्लो समय फेरी पूर्वीय संस्कृतमा प्रचलनमा ल्याइएका प्रचलन नै ठिक भएको प्रमाणीत हुन थालेको छ । प्राचीनकालमा भारतवर्षमा धेरै प्रचलनमा आएको सम्मान प्रकट गर्ने ‘नमस्कार’ अब हिन्दु संस्कारको मात्र रहेन ।

यसले मानवको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएपछि ब्यापकता पाउन थालेको छ । बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पत्रकार सम्मेलनको क्रममा स्पष्टसँग उच्चाहरण गर्दै नमस्कार गर्ने संस्कृतिको विकास गर्न आग्रह गरेका छन् । यो सँगै अहिले इजरायलमा ‘नमस्कार संस्कार’ ले ब्यापकता पाएको छ । हिन्दु धर्म ग्रन्थ ऋग्वेद लगायत वेदहरुमा नमस्कारको पद्धतिको बारेमा उल्लेख भएको छ । ब्यायामको लागि पनि सुर्य नमस्कार प्रमुख मानिन्छ । यो पूर्वीय संस्कृती हो ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको थप प्रसार रोक्नको लागि अभिवादन स्वरुप गर्न लागेको हात मिलाउने परम्परा गलत रहेको बताएपछि अहिले नमस्कार संस्कारले फेरी ब्यापकता पाएको छ । पश्चिमा मुलुकहरुमा भेटघाट हुँदा सम्मान प्रकट गर्न हात मिलाउने प्रचलन छ । तर त्यो शैलीले संक्रमण सर्न सक्ने भएपछि इजरायली प्रधानमन्त्री नेतान्याहुले बन्द गर्न आग्रह गर्दै नमस्कारको संस्कार सुरु गर्न आग्रह गरेका छन् ।

उनले दुई हात जोडेर नमस्कार गरेको तस्बिर अहिले विश्वब्यापी भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले पनि सो तस्बिर सार्वजनिक गरेका छन् । नमस्कार गर्दाको बैज्ञानिक महत्वपनि भिन्दै छ । बुधबार सो पत्रकार सम्मेलनको क्रममा नेतान्याहूले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि देशवासीलाई विभिन्न सुझावहरु दिए । जसमा नमस्कार संस्कार अपनाउन उनले आग्रह गरे । त्यही क्रममा उनले हात जोडेर नमस्कार गरेको तस्बिर विशेष गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले महत्वका साथ प्रकाशित भएको छ । इजरायलमा सम्बोधनका लागि नमस्कार गर्ने शैली प्रयोगमा छैन । उनले नमस्कार शैली अभिवादनका लागि ठिक हुने भन्दै त्यसलाई अपनाउन आग्रह गरेका हुन् ।

उनले पत्रकार सम्मेलनमा भनेक छन्, अब अभिवादन गर्न र सम्मान ब्यक्त गर्न हात मिलाउने काम बन्द गर्नुहोस्, बरु त्यसको बदला सलाम वा नमस्ते गर्न आग्रह गर्छु । नेपालमा पनि चिकित्सकहरुले अभिवादन ब्यक्त गर्न हात मिलाउने परम्परा बन्द गरेर नमस्कार गर्न सुझाव दिएका छन् ।